Sunday, June 28, 2026

पचरौता नगरपालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत

बारा, ११ फागुन । बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव नरेन्द्र परियार पालिकामा हाजिर भएका छन् ।

आइतबार (आज) एक कार्यक्रमका बिच परियारलाई पालिकामा स्वागत गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्दै परियारलाई पठाएको हो।

स्वागत कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख जलन्धर सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा परियारलाई पाउँदा खुःसी व्यक्त गर्नुभयो । नगरपालिकाले उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत पाएको भन्दै राम्रो काम गर्ने विश्वास समेत लिएको सिंहले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर