बारा, १३ फागुन । लागूऔषध ट्रामाडोल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका-४ बस्ने ३३ वर्षीय सुधिर लामिछाने रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित उनीहरु दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले साईमनलाई ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-४ टोखाबाट र सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोल सहित काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।