37.7 C
Kalaiya

Sunday, June 15, 2025
37.7 C
Kalaiya
Sunday, June 15, 2025

spot_img

कुलमान घिसिङलाई उर्जामन्त्रीको २४ घण्टे स्पष्टीकरण- तपाईंलाई पदबाट किन नहटाउने ?

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ, १३ फागुन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ । मङ्गलवार सोधिएको स्पष्टीकरणमा कुलमानलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

Advertisement
Advertisement

यस पटक ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर कुलमानलाई स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका छन्।

Advertisement

जसमा ‘अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सोही विनियमावली बमोजिम सञ्चालक समितिको स्वीकृति नलिएको विषयमा प्रश्न उठाइएको छ। यस्तै १२ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोली नेताको हैसियतमा त्यसतर्फ जाँदा स्वीकृति लिए नलिएको अर्को प्रश्न उठाइएको छ। जसमा कुलमानले मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएका सहमति पत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गरेको हो ? भन्ने पनि प्रश्न छ ।

यस्तै यसअघि मन्त्री स्तरमै निर्णय भई  पुस २२ गते र पुस २८ गते सोधिएका दुई स्पष्टीकरणमा कुलमानले पेस गरेका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको मंगलबारको स्पष्टीकरणमा उल्लेख छ ।

‘…नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? तपाईँले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्री स्तर) को मिति २०८१।११।१३ को निर्णयअनुसार जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।

यस अघि कुलमानलाई हटाउने प्रस्ताव उर्जा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा लागेपनि कांग्रेसका मन्त्रीहरुले विरोध गरेपछि सो विषयमा निर्णय भएको थिएन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर