14.7 C
Kalaiya

Monday, December 8, 2025
spot_img
14.7 C
Kalaiya
Monday, December 8, 2025

बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना बाराका इन्जिनियरसहित दुई जना कर्मचारी अनुपस्थित

spot_img
spot_img

कलैया,१६ फागुन । बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना परवानीपुर बारामा जिल्ला प्रशासन कार्यालय बाराको टोलिले बिहिवार छडके अनुगमन गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलिको छड्के अनुगमन गरेको हो।

Advertisement

अनुगमनमा इन्जिनियर चन्देश्वर महतो र सब( इन्जिनियर मुकेश कुमार महतो अनुपस्थित रहेको पाइएको हो।

Advertisement

कार्यालयमा इन्जिनियर महतो २०८१ फागुन ११ गतेदेखी फागुन १५ गतेसम्म र सब( इन्जिनियर महतो फागुन ९ गतेदेखि १५ गतेसम्म कार्यालय प्रमुखको स्वीकृति नलिई कार्यालयमा अनुपस्थित भएको प्रशासनका नायब सुब्बा स्याङतानले बताएका छन् ।

बागमती तथा लालबकैया नदि नियन्त्रण आयोजना परवानीपुर बारामा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो बढन थालेपछि प्रशासनका नायब सुब्बा स्याङतानले छड्के अनुगमन गरेका हुन्।

उनका अनुसार कार्यालयको सेवा सम्बन्धी गुनासो बढेपछि अनुगमन गरिएको हो।

अनुगमनको क्रममा प्रशासनका नायब सुब्बा स्याङतानले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्‍याउन निर्देशनसमेत दिएका छन् ।

अनुपस्थित कर्मचारीहरुको हाजिरी काटिएको र उनिहरु दुबै जनालाई स्पस्टिकरण पनि काटने तथा नियमअनुसार कारवाही पनि गर्ने उनले बताएका छन् ।

सो अनुगमन टोलिमा सदस्य लेखापाल दल बहादुर शाही समेतको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर