Thursday, June 25, 2026

जीतपुरमा ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञको पहिलो दिन हजारौँको सङ्ख्यामा भब्य कलश यात्रा

बारा १६ फागुन । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित केराढोका बंगाली बाबा मन्दिरमा ५१ कुण्डीय वेदात्मा गायत्री महायज्ञ सुरु भएको छ ।

बिहीबारदेखि शुभारम्भ भएको महायज्ञको पहिलो दिन एक हजारभन्दा बढी श्रद्धालुहरूको सहभागितामा भव्य कलश यात्रा निकालिएको छ । बंगाली बाबा मन्दिर देखि सुरु भएको कलश यात्रा दुधौरा खोलाबाट जल लिई पुन ःपुजा स्थलमा आएको थियो ।

कलश यात्रामा पूर्व मन्त्री जितेन्द्र सोनल,प्रतिनिधिसभा सदस्य एवं नेपाल सरकारका पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’, मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरी,जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबा,नगर उद्योग बाणिज्य संघका माहासचिव प्रकाश गिरी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

महायज्ञ प्रचार–प्रसार समितिका अध्यक्ष सन्तोष कुश्वाहाका अनुसार महायज्ञको मुख्य उद्देश्य समाजमा आध्यात्मिक चेतना फैलाउने, शान्ति स्थापनाको मार्ग देखाउने तथा धार्मिक संस्कारको प्रवद्र्धन गर्नु हो ।

यज्ञ,हवन,जप,संगीत,प्रवचन तथा पुराण कथाका कार्यक्रमहरूसहितको महायज्ञ फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दिन बेलुकी ८ बजे विशेष धार्मिक प्रवचन हुने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर