35.2 C
Kalaiya

Tuesday, June 24, 2025
35.2 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

बाराबाट एसईई परीक्षामा साढे ९ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुदै,‌ सुरक्षाको लागि ६ सयबढी प्रहरी खटाइने

spot_img
spot_img
spot_img
Advertisement

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईईमा बारा जिल्लाबाट साढे ९ हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन्।

Advertisement
Advertisement

आउँदो चैत ७ गतेदेखि शुरु हुने कक्षा १० को वार्षिक परीक्षामा बारा जिल्लाबाट ९ हजार ६ सय ८६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाराका इकाइ प्रमुख हेमराज खतिवडाले जानकारी दिनुभयो।

Advertisement

जिल्लाभरमा साधारण तथा प्राविधिक तर्फको नियमित तथा ग्रेड वृद्धि परीक्षाको लागि ४२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। ४२ वटा परीक्षा केन्द्रमा १ सय ५२ वटा विद्यालयको विद्यार्थीहरु एसईई परीक्षा दिने प्रमुख खतिवडाले बारा अपडेटलाई बताउनुभयो।

प्रत्येक परीक्षा केन्द्रमा ४२ जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ४ सय ८४ जना निरिक्षक, ८१ जना परीक्षा सहायक, १ सय ७४ जना कार्यालय सहयोगी र ६ सय ३० जना प्रहरी गरी जम्मा १ हजार ४ सय ६९ जना कर्मचारी परिचालन गरिने शिक्षा विकास निर्देशनालय मधेस प्रदेशले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर