Saturday, September 19, 2026

बारामा शान्तिपूर्ण वातावरणमा एसईई परीक्षा सुरु

Advertisement
Advertisement

कलैया । बारामा शान्तिपूर्ण वातावरणमा एसईई परीक्षा सुरु भएको छ। देशभरीनै बिहिवार एसईई परीक्षा सुरु भएको हो।

बारामा एसईई परिक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल अनुगमन समितिसहित १३ उप–अनुगमन समिति गरि १४ अनुगमन समिति खटिएको छ।

अनुगमनको क्रममा रहेको टोलीलाई दुर्गा नमुना माध्यमिक विद्यालय स्कुलका केन्द्राध्यक्ष मनोज यादवले बिद्यार्थीको साथबाट मोबाइल डिजिटल घडी फेला नपरेको जानकारी दिए। शान्तिपूर्ण वातावरणमा परीक्षा कक्षामा परीक्षार्थीहरुले जाँच दिइरहेको उनले बताए।

बारामा यस वर्ष एस.ई.ई परिक्षामा प्राविधिक र साधारण तर्फ कुल परिक्षार्थी ९ हजार ६ सय ८६ जना परीक्षार्थी सहभागी शिक्षा विकास तथा समन्वय इकाई बाराका प्रमुख हेमराज खतिवडाले बताएका छन् । सामुदायिक बिधालय १ सय ५ र निजि बिधालय ४७ गरि कुल १ सय ५२ वटा बिधालय संलग्न रहेको उनले बताए ।

अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले परीक्षालाई स्वच्छ,निस्पक्ष तथा मर्यादित बनाउनका लागि प्रवेश पत्र बाहेक मोबाईल,किताब,गाईड लगायत चिट चोरीका लागि बिधार्थीले प्रयोग गर्ने सबै प्रकारका समाग्रीहरु पूर्ण रुपमा निषेध गरिएको बताएका छन्। ४२ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा मर्यादित बनाउन कडा निर्देशन प्रजिअ बसन्त अधिकारीले दिएका छन्।

उक्त उप–अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसहित जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित,राष्ट्रिय अनुसन्धान बाराका प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी लगायतको टोलिले दुर्गा नमुना माध्यमिक बिधालय,पन्ना देवी कन्या उच्च माध्यमिक बिधालय,नेपाल राष्ट्रिय माध्यमिक बिधालय मदर्शा र ज्ञानदिप एङलिस बोर्डिङ स्कुल ( प्राविधिक)को परीक्षा केन्द्रको अनुगमन गरेका हुन्।

आज परीक्षार्थीहरुले अंग्रेजी विषयको परिक्षा दिइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर