34.8 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
34.8 C
Kalaiya
Tuesday, September 9, 2025

कक्षा ४ मा अध्ययनरत खातुनको शव बोराभित्र फेला

spot_img
spot_img

सिरहामा बोराभित्र एक शव फेला परेको छ । गोलबजार नगरपालिका वडा नं ९ गोविन्दपुर स्थित घुर्मी खोलाको किनारमा बोराभित्र शव फेला परेको परेको हो ।

Advertisement

प्रहरी घटनास्थलमा पुगेर अहिले शव उठाउने काम गरिरहेको छ । अहिले आफूहरू घटनास्थलमै रहेको र शव उठाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।

Advertisement

प्रहरीका अनुसार, शवको कसको हो भन्ने कुरा अहिले यकिन भने हुन सकेको छैन । तर, सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी छिन् ।

Advertisement

गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घरबाट निस्केकी थिइन् ।

तर, फर्केर नआएपछि आमा जाहेदा खातुनले चैत १ गते मा प्रहरीमा निवेदन दिएकी थिइन् । मंगलबार भेटिएको शव उनकै हुनसक्ने आशंका स्थानीयको छ । तर, डीएसपी बाखुले भने शव कुहिएको अवस्थामा भेटिएकोले पहिचान गर्न अप्ठ्यारो भएको र अनुसन्धानपछि थप कुरा खुल्ने जनाए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर