38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

युवकको हत्यामा संलग्न पर्साका एकजना सहित १६ जना पक्राउ 

spot_img
spot_img
spot_img
Advertisement

एक जना हत्यामा संलग्न पर्साको एकजना सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement

काठमाडौं महानगरपालिका १४ खड्कागाउँ स्थित सडक खण्डमा सोमबार साँझ साढे ७ बजेको समयमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिएर भएको झडपमा परेर दोलखाको मेलुङ गाउँपालिका ४ घर भई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ बस्दै आएका २३ वर्षका अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न १६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

Advertisement

उक्त घटनामा संलग्न पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं १ का २१ वर्षीय आशिष श्रेष्ठ, धादिङ गल्छी ५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौं, चन्द्रागिरी १५ का २७ वर्षीय राज अर्याल, सिन्धुली, कमलामाई ११ का २० वर्षीय डेनियल विश्वकर्मा, सर्लाही, बागमती ५ का २० वर्षीय निश्चल तामाङ, सुनसरी घर भई काठमाडौं १४ कलंकी बस्ने १९ वर्षीया सुशान श्रेष्ठ, धादिङ, सिद्धलेक ७ का २३ वर्षीय बिनय आलेमगर, उदयपुर, ताप्ली ७ का २१ वर्षीय खेमराज मगर, गोरखा गण्डगी १ का २२ वर्षीय रन्जित श्रेष्ठ र उदयपुर, ताप्ली ७ का २० वर्षीय साङ्गे तामाङ रहेका छन् ।

यस्तै काठमाडौं, नागार्जुन ९ का २५ वर्षीय अजित बुढाथोकी, काठमाडौं नागार्जुन १० का २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली ९ का २० वर्षीय प्रबिन झेडी, तनहुँ व्यास १० का १९ वर्षका गौतम कमर, सुनसरी धरान ७ का २२ वर्षीय प्रवेश गुरुङ र काठमाडौं दक्षिणकाली १ का २२ वर्षीय डेबिड घले रहेका छन् ।

उनीहरुले धारिलो हतियार तथा फलामको रड प्रहार गरेर घाइते बनाएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।

उनका अनुसार घटनामा अनुसन्धानको क्रममा संलग्न देखिएका १६ जनालाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर