Wednesday, July 8, 2026

नेपाल विधुत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान पुगे सर्वोच्च अदालत

काठमाडौं,१३ चैत – नेपाल विधुत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्।

आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित उनले बुधबार सर्वोच्चमा अदालतमा रिट दर्ता गराएका छन्।

घिसिङले आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय बदर गर्न माग गरेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकारले बदनियत राखेर आफूमाथि पटक-पटक स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको उनले निवेदनमा दाबी गरेका छन्।

कुलमानलाई बर्खास्त गरेर सरकारले हितेन्द्रदेव शाक्यलाई विधुत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्त गरेको थियो। शाक्यले आफ्नो पदभार ग्रहण गरिसकेका छन्।

कुलमानलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै विपक्षी पार्टी माओवादीसहितले प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर