26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

कुलमान समर्थककाे प्रदर्शनमा राजसंस्थाको ब्यानर बोकेर छिरेका अमेरिकी नागरिक पक्राउ

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

काठमाडौं, १४ चैत। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

सुरूमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका उनी त्यसलगत्तै राजावादीको पोस्टर बोकेर पनि प्रहरीसँग भिड्न आइलागे ।

केही बेरमै कुलमानको पक्षमा त केही बेरमै राजावादीको पक्षमा दौरासुरुवालसहित प्रदर्शनमा उत्रिएका उनी अहिले पक्राउ परेका छन्। आफूलाई अमेरिकी नागरिक बताउने उनलाई प्रहरी वृत्त, सिंहदरबारका डीएसपी गङ्गाप्रसाद पौडेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

अहिले उनलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनले सुरूमा आफू कुनै पनि देशको नभएको बताएका थिए । तर प्रहरीले सोधपुछ गर्दा उनले अमेरिकी नागरिकका रुपमा परिचित गराए । जुली नामका उनले आफ्नो उमेर ५८ वर्ष रहेको पनि खुलाए ।

टुटेफुटेको नेपाली, हिन्दी र राम्रोसँग अंग्रेजी बोल्ने उनले नेपालमा राजनीतिक गतिविधि गरेपछि डिपोर्टमा पर्न सक्छन् । उनी पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ । नेपालमा उनी ओभरस्टे भएको पनि देखिएको छ ।

डीएसपी पौडेलका अनुसार ती अमेरिकी नागरिकले ओरिजिनल राहदानी ल्याउने बताएका छन् । ओभरस्टे भएको अवस्थामा पनि उनी अध्यागमन कानुन अनुसार डिपोर्ट हुन सक्छन् । नेपालको कानुनले कुनै पनि विदेशीलाई यहाँ राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर