Wednesday, September 9, 2026

कुलमान समर्थककाे प्रदर्शनमा राजसंस्थाको ब्यानर बोकेर छिरेका अमेरिकी नागरिक पक्राउ

Advertisement
Advertisement Advertisement

काठमाडौं, १४ चैत। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

सुरूमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका उनी त्यसलगत्तै राजावादीको पोस्टर बोकेर पनि प्रहरीसँग भिड्न आइलागे ।

केही बेरमै कुलमानको पक्षमा त केही बेरमै राजावादीको पक्षमा दौरासुरुवालसहित प्रदर्शनमा उत्रिएका उनी अहिले पक्राउ परेका छन्। आफूलाई अमेरिकी नागरिक बताउने उनलाई प्रहरी वृत्त, सिंहदरबारका डीएसपी गङ्गाप्रसाद पौडेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

अहिले उनलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनले सुरूमा आफू कुनै पनि देशको नभएको बताएका थिए । तर प्रहरीले सोधपुछ गर्दा उनले अमेरिकी नागरिकका रुपमा परिचित गराए । जुली नामका उनले आफ्नो उमेर ५८ वर्ष रहेको पनि खुलाए ।

टुटेफुटेको नेपाली, हिन्दी र राम्रोसँग अंग्रेजी बोल्ने उनले नेपालमा राजनीतिक गतिविधि गरेपछि डिपोर्टमा पर्न सक्छन् । उनी पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ । नेपालमा उनी ओभरस्टे भएको पनि देखिएको छ ।

डीएसपी पौडेलका अनुसार ती अमेरिकी नागरिकले ओरिजिनल राहदानी ल्याउने बताएका छन् । ओभरस्टे भएको अवस्थामा पनि उनी अध्यागमन कानुन अनुसार डिपोर्ट हुन सक्छन् । नेपालको कानुनले कुनै पनि विदेशीलाई यहाँ राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर