Sunday, September 20, 2026

१५ औं जीतपुरसिमरा गोल्डकप चैत २२ गते देखि हुने

Advertisement
Advertisement

कलैया, १९ चैत । १५ औं जीतपुरसिमरा गोल्डकप  चैत २२ गतेदेखि हुने भएको छ । सिमरा रंगशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे आयोजक नव जनजागृती युवा क्लबले जानकारी गराएको हो । चैत २२ गतेदेखि सुरु हुने प्रतियोगिता चैत २९ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुर, सलहेश युवा क्लब सिरहा, हनामी वि.एफ.सी. भरतपुर तथा आयोजक नव जन जागृति युवा क्लब गरी कुल आठ टोलीहरू सहभागी हुने बताइएको छ । प्रतियोगिताको विजेतालाई १० लाख तथा उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटि प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । ज्येष्ठ नागरिक र अपांगता भएका दर्शकका लागि आरक्षण सिटसहित निःशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर