Thursday, June 25, 2026

बारामा चरेस सहित एकजना पक्राउ

कलैया, २३ चैत । बारामा लागुऔषध चरेस सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-६  ब्रर्जबारे बस्ने वर्ष ३८ को दशरथ थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका-२१ स्थित मोटरसाईकलमा लागू औषध चरेस बोकी हिडिरहेको भन्ने बिशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले हेटौडाबाट वीरगंज तर्फ आउदैँ गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाईकलाई फ्लोअप गर्दै नियन्त्रणमा लिई चेकजाँच गर्दा  सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध चरेस ११ किलो ६८ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

थिङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर