Tuesday, September 15, 2026

शिक्षकको माग सम्बोधन गरेर काममा फर्कने वातावरण निर्माण गरिदिन आदर्श कोतवाल गाउँपालिकाको आग्रह

Advertisement
Advertisement

कलैया, २७ चैत। बाराको आदर्श कोतवाल गाउँपालिकाले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। गाउँपालिका अन्तर्गतको विद्यालयका शिक्षक तथा कर्मचारीहरूले संघीय शिक्षा ऐन नेपाल सरकारले जारी नगरेको र मांग सम्बोधन नभएको भनि ऐन जारी गराउने प्रयोजनार्थ काठमाडौँमा अनिश्चितकालीन आन्दोलनमा रहेका छन्।

त्यही आन्दोलनमा विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाको शैक्षिक कार्यक्रमहरुमा प्रत्यक्ष प्रभाव परेको र शैक्षिक सत्र २०८२ को भर्ना अभियान समेत तोकिएको समयमा संचालन गर्न नसकिने अवस्था सिर्जना भएको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसादद्वारा जारी पत्रमा उल्लेख गरिएको छ।

आन्दोलनको कारणले शैक्षिक सबै कार्य रोकिएकोले शिक्षक तथा कर्मचारीहरूको जायज मागमा समर्थन जनाउँदै यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माण गरिदिन गाउँपालिका अध्यक्ष जवाहर प्रसादले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोधसाथ पत्र लेखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर