Sunday, June 21, 2026

नेपाल-अङ्ग्रेज युद्धको प्रतिक स्वरुप निर्माण गरिएको पार्क कलैया उपमहानगरलाई हस्तान्त्रण

कलैया, २७ चैत । बाराको सदरमुकाम कलैया स्थित भरत चोकमा निर्माण गरिएको नेपाल-अङ्ग्रेज युद्धको प्रतिक स्वरुपको पार्क कलैया उपमहानगरलाई हस्तान्त्रण गरिएको छ। नेपाली सेनाले निर्माण गरेर बुधबार एक कार्यक्रमका बिच उपमहानगरलाई हस्तान्त्रण गरिएको हो।

उक्त पार्कको श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी श्री कृष्ण बहादुरले कलैया उपमहानगरका नगर प्रमुख बिनोद साहलाई हस्तान्त्रण गरेका हुन। नेपाली सेनाबाट प्राप्त आर्थीक स्रोत साधनबाट श्री मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशन तथा श्री नं. २८ वाहिनी अड्डाको सुपरिवेक्षणमा नेपाली सेनाको सिघ्र प्रभावी योजना अनुसार श्री ज्वालादल गणले भरतचोकमा सन १८१४ देखि १८१६ सम्म बारागढीमा भएको नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप पार्क निर्माण गरेको हो।

सोहि कार्यक्रममा भरत चोकमा झण्डोत्लन गरिएको छ। कार्यक्रममा बोल्दै उपरथी बहादुरले पार्कको निर्माण मात्र नभइ यसको संरक्षण गर्नु सबैको महत्वपुर्ण जिम्मेवारी रहेको बताएका छन। निर्माण गरेको पार्कमा बारागढी युद्धको दौरान स्थानीय जनताले नेपाली सेनासंग हातेमालो गरी सेनालाई गरेको सहयोगको बखान गरीएको शिलालेख सहित दुईजना सिपाहिको प्रतिमा निर्माण गरीएको ज्वालादल गणका गणपती प्रमुख सेनानी कुमार खडकाले बताएका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर