Thursday, June 25, 2026

बारामा सिमा क्षेत्रमा आगलागी नियन्त्रण संयुक्त कृत्रिम घटना अभ्यास

कलैया , ३० चैत । बारामा सिमा क्षेत्रमा आगलागी नियन्त्रण सम्बन्धमा संयुकता कृत्रिम घटना अभ्यास गरिएको छ। जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ३ संतगञ्ज दशगजामा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर उतरझिटकैया आयोजनामा आगलागी नियन्त्रण सम्बन्धमा संयुक्त कृत्रिम घटना अभ्यास गरिएको हो।

उक्त अभ्यासमा भारतीय सीमा सुरक्षा बल (एस.एस.बी ) महुअवाका ईन्चार्ज के.एम बिश्वासको कमाण्डमा २९ एस.एस. बीका जवान, ईलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी नायब निरीक्षक आस महम्मद अंसारीको कमाण्डमा ५ जना नेपाल प्रहरीका जवानहरु र सशस्त्र प्रहरी बल बि.ओ. पी कवहीगोठका सशस्त्र प्रहरी निरीक्षक शयामबाबु यादवको कमाण्डमा १६ जना सशस्त्र प्रहरीका जवानहरुले सहभागिता जनाएका थिए।

आगलागी नियन्त्रणका लागि सुर्वण गाउँपालिकाको बारुण यन्त्र तथा आगलागी बाट घाईते भएकाहरुको उद्धार गर्नका लागि एम्बुलेन्सको प्रयोग गरिएको थियो। उक्त अभ्यासमा आगलागीबाट बच्ने उपाय,घाईतेहरुको उद्धार,आगो बाल्दा सावधानी अपनाउने लगायतको बारेमा समेत अभ्यास गरिएको थियो। गर्मीको बेलामा हुने आगलागीका घटनाहरुलाई नियन्त्रण गर्न सहज होस भनेर उक्त अभ्यास गरिएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग,राष्ट्रिय अनुसन्धान कार्यालयका दिपक खडका,भारतीय सीमा सुरक्षा बल(एस.एस.बी)का प्रहरी उपरीक्षक निरज कुमार लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर