Wednesday, July 1, 2026

बारा आएर गगन थापाले भने, ८४ को चुनावमा कुनै पार्टीले गठबन्धनको कल्पना गर्न हुँदैन

कलैया, ०३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन् । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्न बारा आएका थापाले यस्तो बताएका हुन। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को वडहर्वा खेल मैदानमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितीको निर्माण गर्न सक्नु पर्ने बताएका छ्न।

“हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितीको निर्माण गर्नुपर्नेछ। हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरुसँग पनि छलफल चलाउनुपर्नेछ। ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन।” थापाले भने।

महामन्त्री थापाले गठबन्धन नफापेको समेत बताएका छन। उनले भने, “प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहिँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ। त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर