Sunday, July 26, 2026

पर्सामा लागुऔषध सहित दुई जना पक्राउ

वीरगन्ज , ०५ बैशाख । पर्सामा अवैध लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका वडा नं ५ बस्ने शेषनाथ प्रसाद रामको २५ वर्षिय छोरा दिलिप प्रसाद राम र त्यहिका राम प्रवेश खां थारुको २२ वर्षिय छोरा राज विद्याप्रसाद खां थारु रहेको प्रहरीले जनाएको छ

उनीहरूलाई जिराभवानी गाउँपालिका वडा नं ३ नौका चौक स्थित हुलकी सडक खण्डमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबा ट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा र इलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको प्रहरीको टोलीले ८९ पतामा ८ सय ८६ पिस निट्राजेमपाम ट्याब्लेट सहित पक्राउ गरेको हो।

दुबै जना ना १२ प २१०६ नम्बरको मोटरसाइकलमा सुर्वगपुरबाट वीरगन्ज आउने क्रममा उक्त लागुऔषध सहित पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धानखो लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर