29.6 C
Kalaiya

Sunday, June 22, 2025
29.6 C
Kalaiya
Sunday, June 22, 2025

spot_img

बारामा ३ सय किलो भन्दा बढि गाँजा बरामद, ५ जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०५ वैशाख । बारा प्रहरीले ३ सय किलो भन्दा बढि गाँजा बरामद गरेको छ। जिल्लाको विभिन्न स्थानबाट प्रहरीले गाँजा सहित ५ जनालाई समेत नियन्त्रणमा लिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनीबाट बिहिवार राति ११ बजे प्रहरीले ३ सय ५ किलो लागूऔषध गाँजा बरामद गरेको छ। हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा लुकाई छिपाई लगी रहेको अवस्थामा उक्त मात्रामा लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement
Advertisement

प्रहरीले ट्रक चालक मकवानपुरको कैलास गाउँपालिका-४ बस्ने वर्ष ३२ को राजन लामा त्यस्तै ट्रकमा सवार हेटौडा उपमहानगरपालिका-३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र गाँजा ओसार पसारमा संलग्न मकवानपुरको कैलास गाउँपालिका-१० बस्ने वर्ष २७ को जिवन ठोकरलाई पक्राउ गरेको हो । त्यस्तै प्रहरीले प्रसौनी गाउँपालिका-४ खुटवाबाट २ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा वरामद गरेको छ। ईलाक प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहले आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा वरामद गरेको हो । प्रहरीले साहलाई समेत नियन्त्रणमा लिएको छ।

Advertisement

त्यस्तै प्रहरीले पचरौता नगरपालिका-१ मुसहरी टोल स्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने बर्ष २५ को राजबिहारी कुमार रहेको प्रहरीले जनाएको छ। उनको साथबाट ४ वटा पोकामा ६० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको । उनीहरु ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर