30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

नेपालमा रातो केरा खेतिको सम्भावना बढ्दै, नेपाली कृषिमा नयाँ आयाम !

spot_img
spot_img
spot_img
Advertisement

कलैया,०७ वैशाख । राजेश्वर मण्डल/ नेपालमा केरा उष्ण प्रदेशीय फलफूलहरु मध्यको एक महत्वपूर्ण फल हो जुन वर्षमा एक पटक मात्र उत्पादन दिदा पनि यो बजारमा वर्षभरी नै उपलब्ध रहन्छ। यसै बिचमा रातो केराको महत्त्व झल्कदै यसको बारेमा बुझ्न, यस्को फाइदा तथा खेती गर्ने तरिका समेत जानकारी लिन अहिले धेरै किसानहरु तथा केरा उत्पादकहरुको मनमा जिज्ञासा् उठि रहेको छ।

Advertisement
Advertisement

रातो केरालाई “सुगर फ्री” नामले चिनिन्छ किनभने यसमा चिनिको मात्रा कम र फाइबर र पोषणको मात्रा बढी हुन्छ । यो केरा एउटा विशेष जातको केरा हो जुन प्राय: सामान्य पहेंलो केरा भन्दा फरक स्वाद, रङ्ग र पोषणले भरिएको हुन्छ। यो केरा खासगरी इन्डोनेसिया, मलेसिया, चीन, र भारतको दक्षिणी प्रदेशमा व्यावसायिक रुपमा खेती गर्दै आइ रहेको छ भन्ने अब नेपालमा पनि नेपाल कृषि अनुसन्धान परिषद ( नार्क ) ले यसको परिक्षण गरेर यसको सकर उत्पादनमा जोर दिदै छ। केराको बोट र बोक्रा दुबै रातो भएकोले यसको नाम रातो केरा राखिएको छ।

Advertisement

रातो केरा पहेलो केरा भन्दा धेरै फाइदाजनक, बढी मीठो, पोषणतत्वमा धनि र बजारमा यसको माग बढी भएकोले यो एउटा आकर्षित प्रीमियम फलको रुपमा लिन सकिन्छ। रातो केराको बोट सामान्य केरा जस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा २ महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठूलो हुन्छ । ‘यसमा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ तर सुगरको मात्रा एकदम कम भएकोले यो मधुमेहका बिरामीका लागि बढी उपयुक्त मानिन्छ ।’

यो केराको खेती अन्य केरा जस्तै गर्न सक्ने, यसमा रोग, किराको प्रकोप कम हुने तथा रातो केराको भण्डारण अवधि पहेंलो केराको भन्दा १०-१५ दिन बढी हुन्छ। यसको बोक्राले यसलाई छिट्टै खराब हुनबाट जोगाउँछ, जसले गर्दा किसानहरूले यसलाई लामो समयसम्म भण्डारण जसले गर्दा किसानहरूले यसलाइ लामो समयसम्म भण्डारण गरेर बजारमा बेच्न सक्छन।

नेपालको जलवायु यसको खेतिको लागि अनुकुल भएकोले राम्रो उत्पादनको साथसाथै यसले भविष्यमा नेपालको कृषि क्षेत्रमा ठूलो टेवा पुर्याउने तथा किसानहरूको लागि आयआर्जनको राम्रो स्रोतको रुपमा लिन सकिनेछ।

रातो केरा : पोषणतत्वको खजाना

रातो केरा उच्च पौष्टिकताले भरिपूर्ण हुन्छ, जसमा भिटामिन सी, भिटामिन बी६, पोटासियम, म्याग्नेसियम र फाइबर प्रचुर मात्रामा पाइन्छ । सामान्यतया १०० ग्राम रातो केरामा ९०-९५ ग्राम क्यालोरी, २२ ग्राम कार्बोहाइड्रेट, ३-४ ग्राम फाइबर र भिटामिनहरु पाइन्छ जुन अन्य केरा भन्दा धेरै छ। यो केरा मधुमेह बिरामीका लागि उपयुक्त हुन्छ किनभने यसमा चिनीको मात्रा कम हुन्छ।

१)मिर्गौलाको पथ्थरी हुनबाट बचाउँछ :

रातो केरामा प्रशस्त पोटेशियम हुन्छ जसले मिर्गौलामा पथ्थरी हुनबाट रोक्न सहयोग गर्दछ । यस बाहेक यसले मुटु सम्बन्धी रोगहरू र क्यान्सरबाट पनि सुरक्षा दिन्छ । हड्डीहरू पनि यसको नियमित सेवनपछि सुदृढ र बलिया हुन्छन् ।

२) तौल कम गर्न सहयोगी :

रातो केरामा अन्य फलफूलको तुलनामा थोरै क्यालोरी हुन्छ । केरा खाइसकेपछि तपाई अघाएको महसुस गर्नुहुन्छ, जसले भोक कम गर्दछ । भोकको भावनाको कारण, व्यक्तिले समय–समयमा केहि पनि खाँदैन, जसले तौल घटाउन मद्दत गर्दछ ।

३) शरीरमा रगतको मात्राको लागी :

रातो केरामा भिटामिन र एन्टी–अक्सीडन्टहरूमा प्रशस्त मात्रामा पाइन्छ । यसले हेमोग्लोबिनको मात्रा बढाउने काम गर्दछ । यस बाहेक, भिटामिन बी ६ पनि आपूर्ति गरिन्छ । बी ६ अभावले एनीमियाको जोखिम बढाउँछ ।

४) उर्जाको राम्रो माध्यम :

रातो केरा खाँदा तत्काल शक्ति प्राप्त हुन्छ । रातो केरामा रहेको प्राकृतिक चिनीले तत्काल ऊर्जा दिन्छ । रातो केरा खाँदा मान्छेहरुमा हुने कमजोरीपन हटेर जाने विज्ञहरु बताउँछन् ।

५) मुटु सम्बन्धी रोगका लागि :

तपाईको छाती पोल्ने समस्या छ भने पनि, रातो केरा खानु तपाईको लागि लाभदायक हुन्छ । यसको सेवनले मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्दछ । यी बाहेक अन्य स्वास्थ्य समस्याहरुको पनि समाधान रातो कुरा रहेको छ ।

खेतीको दृष्टिकोणले :

• खेती गर्ने समयः नेपालका तराई क्षेत्रमा चैत देखि जेठसम्म बिरुवा लगाउन सकिन्छ।
• माटोः गह्रो दोमट माटो, राम्रो सिँचाइ भएको ठाउँ उपयुक्त हुन्छ।
• फल लाग्न समयः बिरुवा लगाएको 10-12 महिनापछि फल दिन थाल्छ।
• उत्पादनः राम्रो स्याहार गरिएमा एक बोटबाट 25-35 केजीसम्म फल दिन सक्छ।

नेपालमा रातो केराको अवस्था :

नेपालमा पहिलो पटक कञ्चनपुरमा २०७७ सालमा परिक्षणको लागि रातो केरा लगाइएको थियो त्यसपछि चितवन जिल्लामा ठाउँ ठाउमा लगाउन सुरु गरेका थिए तर हालसम्म रातो केराको व्यावसायिक खेती कतै भएको छैन। नेपालमा रातो केराको जात अहिले विकसित भएको छैन तर स्थानीय तवरमा “मधुरी गोल्ड” नामक नयाँ जातको रूपमा परिचित छ, जसलाई भारतबाट आयात गरिएको हो। यो जातको केरा पोषणमा धनी मानिन्छ र बजारमा यसको माग बढ्दो छ ।

नेपाल कृषि अनुसन्धान परिषद ( नार्क ) ले रातो केरा परिक्षण गर्दै टिस्यु कल्चर प्रबिधिबाट यसको कोथा, गानाहरुको उत्पादनमा जोर दिदै छ र अगामी केहि वर्षमा यसको सफल खेती हुनेछ भन्ने बैज्ञानिकको दावा रहेको छ।

(रजेशवर मण्डल पन्जाब टेक्निकल युनिभर्सिटी बाट स्नातक गरेका छन्।)

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर