कलैया, ०९ वैशाख। कक्षा १२ को परिक्षा स्थगित भएको छ। केहिबेर अघि बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले वैशाख ११ गते देखि हुने कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले वैशाख २१ गते देखि परिक्षा सुरु गर्ने निर्णय गरेको हो । चैत २० गते देखि जारी काठमाडौ केन्द्रित शिक्षक आन्दोलनले परिक्षा हुने नहुने अन्योल रहेको थियो।
तर आज बेलुका बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न पुगेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए । निर्देशन लगत्तै बोर्डको बैठक बसेर अर्को मिति तय भएको हो ।