Thursday, September 10, 2026

“अपराधीलाई मेटाउने समय आएको छ।” भारतिय प्रधानमन्त्री मोदी

Advertisement
Advertisement Advertisement

काठमाडौं, ११ बैशाख। भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अपराधीलाई मेटाउने समय आएको बताएका छन्।

भारतको बिहार राज्यको मधुबनमा आयोजित एक कार्यक्रममा उनले “पहलगामका अपराधीहरूलाई मेटाउने समय आएको छ। आतंककारीहरूले कल्पना गरेभन्दा ठूलो सजाय पाउनेछन्।” बताएका हुन्।

९ गते भएको आतंकवादी हमलामा मारिएका पर्यटकहरुलाई परिवारको सदस्य बताउदै उनले, “हामी तिनीहरूलाई पृथ्वीको छेउसम्म पछ्याउनेछौं। आतंकवादले भारतको आत्मा कहिल्यै तोड्नेछैन। आतंकवादीलाई सजाय दिइनेछ। न्याय सुनिश्चित गर्न हरसम्भव प्रयास गरिनेछ। यस संकल्पमा सम्पूर्ण देश एकताबद्ध छ। मानवतामा विश्वास गर्ने हरेक व्यक्ति हामीसँग छ।” भने।

उक्त आतंककारी हमलामा परी एकजना नेपाली सहित २६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी पर्यटक घाइते छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर