कलैया ,१२ वैशाख । सरकारले आन्दोलनरत शिक्षकसँग भोलि वार्ता गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केहि बेर अघि विज्ञप्ति जारी गर्दै शनिबार बिहान ७:३० बजे वार्ता हुने जनाएको हो ।
“वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आव्हान भएबमोजिम मिति २०८२/१/१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवश आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ, यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२/१/१२ गते प्राप्त आदेश समेतलाई ध्यानमा राखी नेपाल शिक्षक महासंघसँग भएको छलफल र परामर्श बमोजिम माननीय मन्त्रीज्यूको समुपस्थितिमा मिति २०८२/१/१३ गते बिहान ७:३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवं अन्य पदाधिकारीहरु उपस्थित भइदिनु हुन मन्त्रालय हार्दिक आव्हान गर्दछ ।” मन्त्रालयका सहसचिव युवराज पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।