Wednesday, September 9, 2026

शिक्षक आन्दोलनमा घाइते भएका बारा शिक्षकहरु संग सांसद साहद्वारा भेटघाट

Advertisement
Advertisement Advertisement

कलैया, १५ बैशाख। शिक्षक र प्रहरी बीच भएको झडपमा परी घाइते भएका बाराका शिक्षकहरुसंग बाराको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद तथा पुर्व कृषि मन्त्री ज्वाला कुमारी साहले भेटघाट गरेकी छन्।

२६ दिनदेखि आन्दोलनरत शिक्षक आन्दोलनमा शिक्षक र प्रहरी बीचको झडपमा परी घाइते भएका आन्दोलन परिचालन समिति बाराका अध्यक्ष राजकिशोर सहनी, सुबास चन्द्र प्रसाद यादव र पवन सिहं लगायतका शिक्षकहरुसंग सांसद साहले भेटघाट गरेकी हुन्।

भेटघाट गर्दै उनले सरकारसंग शिक्षकहरुको जायज माग छिटो संबोधन गर्न माग गर्ने आस्वासन दिदै घाइते शिक्षकहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिन्। उक्त झडपमा परी ६० जनाभन्दा बढी शिक्षकहरु हिजो घाइते भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर