29.1 C
Kalaiya

Wednesday, July 2, 2025
29.1 C
Kalaiya
Wednesday, July 2, 2025

spot_img

रेशम चौधरीलाई पत्र काटेर पक्राउ गराउने सर्वोच्चका अधिकृत भद्रकाली हिरासतमा

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्च अदालतका अधिकृत आफै पक्राउ परेका छन् ।

Advertisement
Advertisement

जनमत पार्टीसँग एकीकरण गर्नका लागि प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहेको बेला उनको पक्राउको पत्र काटने सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 सर्वोच्चका एक अधिकारीका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन । विस्तृत विबरण अाउन बाँकी रहेकाे छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर