Monday, July 20, 2026

नागरिक समाज बाराको अध्यक्ष दासद्वारा जिल्ला कार्य समिति भंग

कलैया, १९ बैशाख। नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दासले एक सूचना प्रकाशित गर्दै हालसम्म रहेको जिल्ला कार्य समितिलाई औपचारिक रूपमा भंग गरेका छन्। संविधानमा स्थापित शिक्षा, स्वास्थ्य, स्वच्छता र वातावरणजस्ता नागरिकका मौलिक अधिकारप्रति प्रतिबद्ध रही नागरिक समाजले नयाँ ऊर्जा र समन्वयसाथ अघि बढ्न आवश्यक रहेको बताइएको छ।

सूचनामा विगतको कार्यसमिति निष्क्रिय र असहयोगी रहेको भन्दै नयाँ संरचना निर्माणको तयारी गरिएको उल्लेख छ। संस्थाले स्वतन्त्र, निष्पक्ष र जवाफदेही नेतृत्व चयन गरी सबै नागरिकको आवाजलाई सशक्त रूपमा उठाउने उद्देश्य राखेको छ। अध्यक्ष दासले विगतका पदाधिकारीहरूद्वारा समय दिन नसकिएको र समन्वयको कमीले संस्थाको उद्देश्यप्रति नै प्रश्न उठ्ने अवस्था आएको जनाउँदै अब नागरिक समाजलाई स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी नेतृत्वतर्फ लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।

अध्यक्ष दासद्वारा हस्ताक्षरित सूचनामा कसैले नागरिक समाजको नाममा कुनै गतिविधि संचालन वा कुनै पनी कार्यक्रममा सहभागीता नहुन अनुरोध गरिएको छ। साथै, समाजको पुनर्गठनका लागि सक्रिय, इमानदार र जनउत्तरदायी व्यक्तिहरूलाई आगामी कार्यसमितिमा सहभागी गराइने अध्यक्ष दासले बताए।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर