19.8 C
Kalaiya

Monday, November 3, 2025
spot_img
19.8 C
Kalaiya
Monday, November 3, 2025

प्रलोभनमा पारी एक युवतीलाई भारत लैजादै गरेका युवक वीरगञ्जबाट पक्राउ

spot_img
spot_img

कलैया, १९ वैशाख । भारततर्फ एक युवतीलाई अवैध रूपमा लैजाँदै गरेका युवकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। वैशाख १७ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ का २९ वर्षीय सुजन लामा भनिने पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता प्रहरी नायब उपरिक्षक सुवास भट्टले जानकारी दिएका छन। प्रहरीका अनुसार तामाङले एक युवतीलाई रोजगारीको लोभ देखाइ आफु साथ भारततर्फ लैजान लागेका थिए। प्रहरी टोलीले शंकास्पद अवस्थामा युवक र युवतीलाई रोकेको थियो।

Advertisement

प्रारम्भिक अनुसन्धानमा वीरगञ्ज नजिक कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनि प्रलोभनमा पारेर बेचबिखन गर्ने उद्देश्यले भारत लैजान लागेको देखिएको प्रहरी नायब उपरिक्षक भट्टले जानकारी दिएका छन।

Advertisement

उनलाई प्रारम्भिक अनुसन्धानपछि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर