Sunday, October 25, 2026

वीरगन्जमा प्रभातफेरी गरी मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

Advertisement
Advertisement

वीरगन्ज, २० बैशाख। नेपाल पत्रकार महासंघ पर्सा शाखा वीरगन्जले शनिबार बिहान वीरगन्जमा प्रभातफेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ। घन्टाघर चौकबाट प्रारम्भ भएकाे प्रभातफेरी कार्यक्रम माईस्थान, आदर्शनगर हुँदै पुनः घन्टाघर चौकमा सम्पन्न एको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रताको सन्देश बोकेका प्लेकार्डहरू बोकेर विभिन्न नारासहित सहभागिता जनाएका थिए। प्रभातफेरीको उद्देश्य अभिव्यक्ति स्वतन्त्रता, प्रेसको निष्पक्षता तथा पत्रकार सुरक्षाको मागसहित समाजमा प्रेसको महत्वबारे जनचेतना फैलाउनु रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूलाई सधैं सचेत, निडर र उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गरे। उनले सञ्चारमाध्यममाथि देखिने विभिन्न प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष दबाबहरूप्रति चिन्ता व्यक्त गर्दै, स्वतन्त्र प्रेसका लागि सशक्त नागरिक सहयोग आवश्यक रहेको धारणा राखे।

यस्तै कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले विश्वभर मनाइने यस दिवसले पत्रकारहरूको योगदान, चुनौती र जोखिमप्रति जनचेतना जगाउने अवसर प्रदान गर्ने बताउँदै, पर्सामा समेत प्रेस स्वतन्त्रताको सुदृढीकरणका लागि महासंघ सक्रिय रहेको जानकारी दिनुभयो।

उनले अवसरमा महासंघका अन्य पदाधिकारी, ज्येष्ठ पत्रकारहरू र युवापुस्ताका सञ्चारकर्मीहरूले समेत प्रेस स्वतन्त्रता सुदृढ बनाउने विषयमा मन्तव्य व्यक्त गरेका थिए। प्रभातफेरीले वीरगन्जमा सञ्चार क्षेत्रप्रतिको सचेतना अभिवृद्धिमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको धारणा रहेको छ।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालले गरेका थिए भने कार्यक्रमको संचालन महासंघका सह-सचिव अजय चौरसियाले संचालन गरेका थिए। कार्यक्रममा केन्द्रिय सचिव अशोक तिवारी, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, केसि लामिछाने सहित अन्य पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर