Tuesday, October 13, 2026

नारायणी अस्पताल भवन निर्माणमा १ करोडभन्दा बढीको भ्रष्टाचार, ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

Advertisement
Advertisement

कलैया,२१ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी भवन) निर्माणमा व्यापक अनियमितता भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पताल प्रशासन, सरकारी इन्जिनियर, मूल्यांकन समिति र ठेक्का कम्पनीका सञ्चालकसहित ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार अस्पताल भवन निर्माणका क्रममा सार्वजनिक खरिद ऐन र नियमावलीको पालना नगरिएको, गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको, र प्रक्रियागत त्रुटिमार्फत निर्माण कार्य अगाडि बढाइएको पाइएको छ।प्रस्तावमा मागिएको M35 ग्रेडको इण्टरलक ब्लक प्रयोग नगरिएको, प्रतिस्पर्धा सीमित तुल्याउने किसिमले प्रस्ताव गरेको पाइएको अख्तियारले जनाएको छ । यस किसिमको गैरकानुनी कार्यले नेपाल सरकारलाई १ करोड ८४ लाख ३८ हजार ४ सय ५८ रुपैयाँ ७० पैसा बराबरको आर्थिक नोक्सानी पुगेको आयोगको ठहर छ।

आयोगले मुद्दा दायर गरेका ९ जना व्यक्तिहरूमा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय कुमार ठाकुर, शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त प्रमुख इन्जिनियर राजेन्द्र साह, सोही कार्यालयका इन्जिनियर म. सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालीन नायब सुब्बा शुशिल प्रसाद यादव, तत्कालीन लेखापाल सुदीप कुमार माझी, मूल्याङ्कन समितिका संयोजक डा. बिरेन्द्र बहादुर प्रधान, सदस्य–सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभिका आधिकारीक प्रतिनिधि जगत बुढा, र लुम्बिनी बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मा र लुम्बिनी मिसन जेभि रहेका छन ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा राज्यलाई भएको नोक्सानी असुल उपर गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर