Sunday, July 19, 2026

कलैया वितरण केन्द्रले ६० दिनसम्म विद्युत महसुल नबुझाउने ग्राहकहरुको लाईन धमाधम काट्दै

कलैया, २२ बैशाख। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत महसुल नबुझाउने ग्राहकहरुको लाईन धमाधम काट्दै छ।

एक सुचना जारी गर्दै केन्द्रले नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली अनुसार मटिर रिडिङ भएको ६० औं दिनसम्म विद्युत महसुल नबुझाउनेहरुको लाईन धमाधम काटिरहेको जनाएको हो।

महसुल नतिरेका ग्राहकहरुको लाईन काटिए पश्चात अतिरिक्तमा २५ प्रतिशत जरिवाना र काटिएको लाईन जोड्नको लागि ८ सय ४७ रुपैयाँ ५० पैसा समेत बुझाउनु पर्ने सुचनामा जनाएको छ। त्यसैले केन्द्रले मिटर रिडिङ भएको ७ दिनभित्र महसुल तिरेर २ प्रतिशत छुट पाउन जानकारी गराएको हो।

विद्युत महसुल संकलन विनियमावली २०७८ मा भएको व्यवस्था: मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाएमा २ प्रतिशत छुट दिने, ८ दिनदेखि १५ औं दिनसम्म महसुल बुझाएमा बिल अनुसार बुझाउनु पर्ने, १६ औं देखि ३० दिनसम्म विद्युत महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्ने, ३१ औं दिनदेखि ४० औं दिनसम्म विद्युत महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४१ दिनपछि बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था रहेको छ।

यस्तै ग्राहक नम्बरको (SC No) 002.15.125A भएको ग्राहकको बिचको अंकले १५ गते मिटर रिडिङ हुने दिन जनाउँछ ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर