Thursday, September 10, 2026

भारत पाकिस्तानको द्धन्दको कारण बाराको सिमानाकामा ‘हाई अलर्ट’

Advertisement
Advertisement Advertisement

कलैया, २५ बैशाख। भारत र पाकिस्तानको बिचमा बढेको द्वन्द्वबाट नेपालमा हुन सक्ने खतरा तथा गलत मानसिकताका व्यक्तीहरुको अबैध आवागमनका कारण बाराको सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा समितिको बैठकको निर्णयअनुसार बाराको खुला सिमानाकाबाट भारतबाट अनावश्यक तथा अबैध आवागमनलाई नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा राख्न यस्तो निर्णय गरिएको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो।

उनले बारा अपडेटसंग कुराकानी गर्दै भने, “भारत बाट आउने अबैध आवागमनलाई नियन्त्रण गर्न बाराको सबै नाकामा हाई अलर्ट गरिएको छ । यस्तै भारत बाट आउने शंकास्पद मानिसहरूलाई अनिवार्य परिचयपत्र हेर्ने र सोको डाटा राख्न निर्देशन दिइएको छ ।”

बाराको मुख्य नाकाहरु सिम्रौनगढ र मटिअर्वा नाकामा नेपाल प्रहरी र शसस्त्र प्रहरीले उता भारतिय शसस्त्र प्रहरीसँग समन्वय गरेर अहिलेलाई सुरक्षा कडा पारिएको प्रजिअ अधिकारीले बताएका छन्।

भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा नेपाली सहित २६ जनाको भएको निर्मम हत्याको बदलामा भारतले हिजो बिहानै देखी ‘अप्रेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानमा मिसाइल प्रहार गरेको थियो भने ३१ जनाभन्दा बढी पाकिस्तानी नागरिक तथा आतंकवादी मारेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर