Sunday, July 19, 2026

भारत पाकिस्तान द्वन्द्व: बारा पर्सामा कस्तो छ सुरक्षा व्यवस्था?

कलैया, २५ बैशाख। बैशाख ९ गते भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी नेपाली सहित २६ जनाको हत्यापछि भारत र पाकिस्तानमा द्वन्द्व बढेको छ।

भारतले उक्त घटनाको बदलामा १५ दिन पश्चात पाकिस्तानी काश्मिरमा रहेका आतंकवादीहरुको घरमा हिजो बिहानै ‘अप्रेसन सिन्दुर’ अन्तर्गत सैन्य मिसाइल प्रहार गरेको थियो। पाकिस्तानको विभिन्न ९ स्थानमा भारतले २४ वटा सैन्य मिसाइल प्रहार गरेकोमा ३१ जनाको मृत्यु भएको थियो भने ५० जनाभन्दा बढी घाइते भएको भारतिय संचारमाध्यमहरुले जनाएका थिए।

त्यसको प्रतिउत्तरमा पाकिस्तानले पनि सैन्य मिसाईल प्रहार गर्दै ३ जना भारतियलाई मारेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। यस कारण भारत र नेपालको सिमानाका बाट पनि अबैध आवागमन हुन सक्ने भन्दै नेपालको बोर्डरहरुमा कडाई गरिएको छ।

बारा पर्सामा कस्तो छ सुरक्षा व्यवस्था?

नेपालमा भारतबाट सबैभन्दा बढी पर्यटक वीरगन्ज नाकाबाट भित्रिने गरेका छन्। यस अवस्था भारतबाट हुन सक्ने अबैध आवतजावतमा पर्सा प्रशासनले निगरानी बढाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुराकानी गर्दै भारतबाट हुनसक्ने अबैध आवतजावतलाई निरुत्साहित गर्न पर्साको सबै सिमानाका कडाई गरिएको बताएका छन्। भारतबाट आउने गलत तथा शंकास्पद व्यक्तीहरुको परिचयपत्र हेर्न र सुक्ष्म निगरानी गर्न निर्देशन दिइएको बताएका छन्।

यस्तै बारा संग जोडीएको सबै सिमानाकामा बारा प्रशासनले कडाइ गरेको र प्रहरीहरुलाई हाई अलर्टमा बस्न निर्देशन दिएको छ।जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा समितिको बैठकको निर्णयअनुसार बाराको खुला सिमानाकाबाट भारतबाट अनावश्यक तथा अबैध आवागमनलाई नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा राख्न यस्तो निर्णय गरिएको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर