कलैया,२६ वैशाख । बजाज कम्पनीको पल्सर एन १२५ नयाँ बाइक अब बाराको कलैयामा पनि पाइेन भएको छ । बजाज कम्पनिको कलैयाका लागि आधिकारिक डिलर गुप्ता मोटर्सले विहीबार उक्त बाईक सार्वजनिक गरेको हो । कलैया उपमहानगरपालिका –४ मा रहेको गुप्ता मोटर्समा हुलास फिन सर्भ लिमिटेडका रिजनल हेड पृतम मिश्र र गुप्ता मोटर्सका संचालक रितेश गुप्ताले संयुक्त रुपमा बिहीवार एक कार्यक्रम बीच पल्सर एन १२५ नयाँ बाइक सार्वजनिक गरेक हुन् ।
पल्सर एन १२५ मोटरसाइकलको मूल्य २ लाख ९७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको गुप्ता मोटर्सका संचालक गुप्ताले बताउनु भयो । साथै मोटरसाइकलमा फाइनान्सको समेत सुविधा उपलब्ध रहेको उनले बताए । यो मोटरसाइकल खरिद गर्दा स्कीम स्ट्र्याच कुपनमा ८ हजारदेखी एक लाख रुपैयाँ समेत पर्न सकिने गुप्ता मोटर्सका संचालक गुप्ताले बताए ।साथै पहिलो पाँचवटा ग्राहकहरुलाई गिफ्तहयाम्परको सुविधा समेत रहेको उनले जानकारी दिए ।
“पल्सर एन १२५ मोडलमा ब्लुटुथ कनेक्टिभिटीसहित मोबाइल चार्जिङ्ग,साथै डिजिटल स्पिडोमिटर,ट्याकोमिटर,डिजिटल ट्रिपमिटरको फिचरहरू समावेश रहेको उनले भने । यो बाइकले प्रती किलोमीटरमा ६५ किलोमिटरको माइलेज दिने समेत उनले बताए । उक्त मोटरसाइकलमा ६० हजार किलोमीटर वा ५ वर्षसम्म केही भयो भने उसको वारेन्टी रहेको समेत उनले बताए ।
उक्त कार्यक्रममा हुलास फिन सर्भ लिमिटेडका रिजनल रिकभरी हेड जितेन्द्र यादव,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बिरगंज शाखाका प्रबन्धक धनञ्जय कुमार ठोकर,गुप्ता मोटर्सका कम्पनी,ग्राहकहरु लगायतको उपस्तिथि रहेको थियो ।