Thursday, July 2, 2026

करैयामाई र फेटा गाउँपालिकामा आज सार्वजनिक बिदा 

कलैया, १९ कात्तिक। बाराको करैयामाई र फेटा गाउँपालिकाले आज बुधबार एकदिनको स्थानीय बिदा दिएका छन्। गाउँपालिकाले सोमबार र मंगलबार एउटा सुचना जारी गर्दै बुधबार सार्वजनिक बिदा हुने जनाएका हुन्।

फेटा गाउँपालिका वडा नं १ त्रिवेणीमा पुर्णिमा ब्रत/कार्तिक स्नान समाप्तिको अवसरमा खैरातिमाई मेला र करैयामाई गाउँपालिका वडा नं २ करैया गाउँ स्थित राजदेवी मन्दिरमा करैयामाई मेला लाग्ने भएकोले बिदा दिइएको दुबै गाउँपालिकाले सुचना निकालेर जानकारी दिएका छन्।

मेलाको अवसरमा गाउँपालिका मातहतका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक स्थानमा एकदिनको बिदा छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर