Wednesday, September 30, 2026

बिहारको विधानसभा चुनावलाई लिएर नेपाल भारत सीमा नाकामा कडाई 

Advertisement
Advertisement

कलैया, १९ कात्तिक। भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।

चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगको समन्वयमा सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय विधानसभा चुनावलाई लिएर एसएसबीले समन्वय गरेर सीमामा चेक जाँचमा कडाइ गरिएको हो । आगामी २०-२५ कात्तिक (६-११ नभेम्बर) सम्म बिहारमा विधानसभा चुनाव हुन लागेको हो ।

चुनावलाई लिएर ७२ घण्टा अगाडि सीमालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सिल गर्ने जानकारी प्राप्त भएको डीआइजी ढकालले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर