Saturday, September 26, 2026

मालपोत र नापी कार्यालय सिम्रौनगढमा प्रशासनको छड्के अनुगमन : कार्यालय प्रमुख अनुपस्थित

Advertisement
Advertisement

कलैया, २० जेठ। जिल्ला प्रशासन कार्यालय बाराले मालपोत र नापी कार्यालय सिम्रौनगढमा छड्के अनुगमन गरेको छ।सेवाप्रवाहमा गुनासो र प्रशासनिक लापरवाही बढेपछि प्रशासनले छड्के अनुगमन गरेको हो ।

अनुगमनको क्रममा मालपोत कार्यालय सिम्रौनगढमा कर्मचारीहरू नेपाल सरकारद्वारा तोकिएको पोशाक नलगाएको, स्वीकृति नै नभइ बिदामा बसेको पाइएको छ। त्यस्तै अनुगमनको क्रममा लेखापढी व्यवसायीहरू कार्यालयभित्र कर्मचारीको कार्यकक्षमा सिधै प्रवेश गरी काम गरिरहेको र कार्यालयद्वारा प्रदान गरिदै आएको सेवा प्रति व्यापक जनगुनासो रहेको पाइएको छ ।

अनुगमनको क्रममा नापी कार्यालय सिम्रौनगढका कार्यालय प्रमुख तथा नापी अधिकृत रामकैलाश महतो जेठ १८ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको छ। कार्यालय प्रमुख महतोको अनुपस्थितिका कारण कार्यालयको नियमित काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राहीहरू गुनासो गरेको अनुगमन टोलिमा रहेकानायब सुब्बा रत्न बहादुर स्याङतानले जानकारी दिएका छन।

उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालयका लेखापाल दल बहादुर शाहीको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर