31 C
Kalaiya

Tuesday, October 21, 2025
spot_img
31 C
Kalaiya
Tuesday, October 21, 2025

ठेकेदार रौनियारका बुहारी श्रुति पक्राउ

spot_img
spot_img

काठमाडाैं, २२ जेठ । पूर्व प्रतिनिधिसभा सदस्य तथा ठेकेदार हरि रौनियारका बुहारी श्रुति रौनियार ठगीको आरोपमा पक्राउ परेकी छन्।

Advertisement

पिसी इन्फोटेक प्रालिकी सञ्चालक समेत रहेकी रौनियारलाई बिहीबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी पर्सा पठाएको प्रहरी स्रोतको दाबीले गरेका हुन् ।

Advertisement

उनविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको  एसपी काजीकुमार श्रेष्ठले जानकारी दिए ।  रौनियारमाथि ४ करोड ३२ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। धनुषास्थित रमण र विकास एन्ड ब्रदर्स जेभीका तर्फबाट अख्तियार प्राप्त अरूणकुमार शाहले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए।

Advertisement

शाहले गएको चैत २२ गते श्रुति रौनियारविरुद्ध जाहेरी दिएका थिए। सो जाहेरीका आधारमा प्रहरीले चैत २६ गते जिल्ला अदालत पर्साबाट पक्राउ अनुमति लिएको थियो।

पक्राउ पुर्जी रौनियारसहित दुई जनामाथि जारी भएको थियो। त्यसपछि सर्कुलर जारी गर्दै खोजी गर्दा उनी काठमाडौंबाट पक्राउ परेकी हुन्। ‘चार करोड ३२ लाख रुपैयाँ बिगोसहित जाहेरी परेको हो,’ एक प्रहरीले भने, ‘कसरी ठगी भएको भन्नेबारे अनुसन्धान भइरहेको छ,’ एक प्रहरीले भने ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!