कलैया,२६ जेठ । सुशिल चौगाई अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि बल एकता ईंग्लिश बोर्डिङले उचालेको छ । सोमबार भएको फाइनल खेलमा ब्राइट ल्याण्डलाई पराजित गर्दै बाल एकताले उपाधि उचालेको हो ।
फाईनल खेलमा बाल एकताले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ९ बिकेटको छतिमा १ सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङ्गमा ओर्लेको ब्राईट ल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै ११८ रन बनाउन सक्यो ।
फाईनल खेलको म्यान अफ द म्याच बाल एकताका शेख आशिफ घोषित भएका छन । त्यस्तै बेस्ट ब्याट्स् म्यान बाल एकताका शिवम यादव, बेस्ट बलर ग्याएक्सीका शैलेश यादव,
म्यान अफ द सिरिज बाल एकताका कप्तान मणिभुषण यादव भएका हुन । बाराको कलैयामा जेठ १९ गते देखि सुरु भएको प्रतियोगितामा १२ वटा विद्यालय सहभागी भएका थिए ।