कलैया, २९ जेठ। नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ ।
आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टि२० अन्तर्राष्ट्रिय सिरिज हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
नेपाली क्रिकेटको इतिहासमा टेस्ट टोलीसँग हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला हो ।
खेल तालिका: पहिद्यो खेल : २७ सेप्टेम्बर २०२५ , दोस्रो खेल : २८ सेप्टेम्बर २०२५, तेस्रो खेल : ३० सेप्टेम्बर २०२५