Sunday, July 19, 2026

हुण्डी रकम सहित वीरगन्जका कुशवाहा बारा प्रहरीको नियन्त्रणमा

कलैया, ३० जेठ। जिल्ला प्रहरी कार्यालय बाराले हुण्डी कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ एयरपोर्ट रोड स्थितमा बिशेष सूचनाको आधारमा कालो रंगको भिर्ने झोला पिठ्युँमा बोकी शंकास्पद तरिकाले सिमरा चौकदेखि एयरपोर्ट तर्फ जादै गरेको अवस्थामा रित पुर्याई शरीर खानतलासी गर्दा १३ लाखभन्दा बढीको हुण्डी रकम सहित वीरगन्जका एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ बस्ने विजय महतोको छोरा २० वर्षिय सुरज कुशवाहा रहेका छन्। उनको साथबाट १००० दरको नोट १०६७ थान, ५०० दरको नोट ४८० थान र १००दरको नोट ५ थान समेत गरी १३ लाख ७ हजार ५०० रुपैयाँ नगद र विभिन्न बिल भौचर कागजातहरु तथा सागर मनि ट्रान्सफर वीरगन्ज लेखिएको स्टाम्प फेला परेको बारा प्रहरीले जनाएको हो।

उक्त हुण्डी रकम सहित निजलाई नियन्त्रणमा लिई कानून बमोजिम हुण्डी कारोबार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता भई आवश्यक अनसुन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर