Sunday, July 19, 2026

हुण्डी रकम सहित बाराको प्रसौनीका एकजना सहित २ जना सशस्त्र प्रहरी पर्साको नियन्त्रणमा

वीरगन्ज, ३० जेठ। हुण्डी रकम सहित बाराको प्रसौनीका एकजना सहित २ जनालाई सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं २ प्रसौनीका ४० वर्षिय कौशल कुमार गुप्ता रहेका छन्। गुप्ता वीरगन्ज महानगरपालिका वडा नं १६ स्थित भंसार गेट नजिक भारतबाट नेपालतर्फ ना ४७ प ९७१० नम्बरको मोटरसाइकलमा शरिरको विभिन्न भागमा लुकाई छिपाई चोरी पैठारी गरी नेपाली ५ लाख रुपैयाँ ल्याउदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

यस्तै पक्राउ पर्नेमा अर्का एकजना पर्साको वीरगन्ज महानगरपालिका वडा नं २ छपकैया बस्ने अन्दाजी १९ वर्षिय राहुल कुमार तिवारी रहेका छन्। उनलाई पनि सशस्त्र प्रहरी बल नेपाल प्रहरी सीमा सुरक्षा गुल्म वीरगन्जले चेकजाँचको क्रममा वीरगन्ज भंसार कार्यालयको चेकजाँच बिन्दुमा पक्राउ गरेको हो।

पक्राउ परेका तिवारीबाट बीआर ०५ एटी ०४७५ नम्बरको भारतिय मोटरसाइकलको एयर फिल्टर बक्समा लुकाई छिपाई अबैध रुपमा चोरी पैठारी गरी १३ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

पक्राउ परेका दुबैजना र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी सिंहले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर