कलैया, १७ असार। एसीसी यू-१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । मलेसियाको क्वालालम्पुरमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
यो समाचार तयार पार्दा सम्म नेपालले ३१ ओभर खेल्दै ४ विकेटको क्षतिमा १९६ रन बनाएको छ। नेपालका रौनक श्रीवास्तव र जय थापा ब्याटिङ गरिरहेका छन्।