कलैया, २१ असार। एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत निर्णायक खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ ।
उज्बेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा खेल नेपाली समयअनुसार आज राति ९:१५ बजे देखि सुरु हुने छ। आजको खेल नेपालले जितेमा अस्ट्रेलियामा हुने एसियन कपका लागि निश्चित गर्नेछ ।
समूह ‘एफ’ मा रहेका नेपाल र उज्वेकिस्तान दुवैले अहिलेसम्म अपराजित रहदै शतप्रतिशत नतिजा निकालेका छन् ।