कलैया, ५ साउन । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको अन्तिम खेलमा घरेलु टिम बंगलादेश सँग नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । आजको खेलमा हार ब्यहोरे सँगै नेपाल उपविजेतामै सीमित भएको छ ।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो र चौथो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो ।
नेपालले पाँचौँ खेलमा भुटानलाई ८–० को गोल अन्तरले पराजित गरेको थियो ।