14.6 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
14.6 C
Kalaiya
Tuesday, December 2, 2025

नेपाली महिला फुटबल टोली आज भुटानसँग खेल्दै

spot_img
spot_img

काठमाडौं, २१ साउन । नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली महिलाटोलीले बुधबारको  ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ ।

Advertisement

दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने–सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो ।

Advertisement

नेपाली टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल मात्रै जवाफमा पाएको थियो । समूह ‘ए’मा रहेको नेपालले भुटान पछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता पनि हो । न्युजकारखाना

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर