28.3 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
28.3 C
Kalaiya
Tuesday, October 14, 2025

बारामा अवैध रेडिमेड कपडा र तीन मोटरसाइकल बरामद

spot_img
spot_img

कलैया,२७ साउन । सशस्त्र प्रहरी बलले बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी चोकबाट करिब ४ लाख ४ हजार रुपैयाँ बराबरको अवैध रेडिमेड कपडा र ३ वटा मोटरसाइकल बरामद गरेको छ ।

Advertisement

एफ.ओ.वि. ( फर्वाड अपरेटिङ्ग डेस्क)  छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन पनेरुको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले मंगलबार भारतबाट नेपाल ल्याउँदै गरिएको रेडिमेड कपडा बरामद गरेको हो।

Advertisement

उक्त बरामद गरिएका कपडा र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडी बढाइएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर