28.3 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
28.3 C
Kalaiya
Tuesday, October 14, 2025

विशेष अदालतद्वारा कलैया उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसहित ६ जनालाई सफाइ

spot_img
spot_img

कलैया,२७ साउन। विशेष अदालतको संयुक्त इजलासले कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलाद प्रसाद वर्णवालसहित ६ जनालाई सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

Advertisement

न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले मंगलबार सुनाएको फैसलामा प्रतिवादीहरूविरुद्ध प्रस्तुत प्रमाण पर्याप्त नभएको ठहर गर्दै कलैया उपमहानगरपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ,सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहलाई सफाई दिइएको हो ।

Advertisement

अर्थिक वर्ष २०७७/०७८ तथा २०७८/०७९ मा सेनिटरी प्याड खरिदमा सार्वजनिक खरिद नियमावली र कार्यविधि उल्लङ्घन गरी अस्वाभाविक मूल्य निर्धारण, एकै परिवारका फरक फर्ममार्फत बोलपत्र पेश गराई मिलेमतोमा ठेक्का प्रदान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत २६ गते आरोपपत्र दायर गरेको थियो।

Advertisement

अख्तियारको दाबीअनुसार, पहिलो वर्षमा प्रति प्याकेट रु. ७८ मा खरिद गरिएका प्याड दोस्रो वर्षमा रु. २४ मा खरिद भएको देखिएको र यसरी ९६ हजार २८० प्याकेटमा रु. ५१ लाख ९९ हजार १२० बढी भुक्तानी गरिएको आरोप लगाइएको थियो।

तथापि, अदालतले आरोप पुष्टि नहुने निष्कर्षमा पुग्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो।

२०८२ असर ४ गते बुधबार कलैया उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाका तत्कालिन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको असामयिक निधन भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर