कलैया, २९ साउन। सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।
बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ तोक्ने निर्णय गरेको हो।
यस अघि वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य कायम थियो।