33 C
Kalaiya

Saturday, August 16, 2025
spot_img
33 C
Kalaiya
Saturday, August 16, 2025

spot_img

टप एण्ड टी-२० सिरिज : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३० साउन। अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको छ।

Advertisement

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो। एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

Advertisement

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए भने गुल्शन झाले २६ रन बनाए । नेपालले अब भोलि बंगलादेश ‘ए’ सँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर