कलैया, ३१ साउन। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल बंगलादेश ‘ए’ सँग खेल्दै छ । खेल नेपाली समय अनुसार ३ः१५ बजे डार्विनको मरारा क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।
यस अघि हिजो (शुक्रबार) आफ्नो पहिलो खेलमा नेपाल अस्ट्रेलियाको स्थानीय क्लब एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
त्यस्तै बंगलादेश ए पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्स सँग ७९ रनले पराजित भएको थियो।